सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि गर्नेछु : प्रमुख प्रशासकीय अधिकृत लम्साल
चितवन। राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यभार ग्रहण गर्नुभएकाे छ । साउन २६ गतेबाट हाजिर गर्नुभएका लम्सालले बुधबारबाट औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएकाे हाे ।
उहाँलाई राप्ती नगर प्रमुख शमशेर लामाले स्वागत गर्नुभयाे । स्वागत कार्यक्रममा बोल्दै लम्सालले मुख्यगरि आफूले तीनवटा कामलाई महत्वका साथ अगाडि बढाउने बताउनुभयाे । उहाँले नीति निर्माणको कार्यलाई प्राथमिकता राख्ने बताउँदै नीति निर्माण संसोधन, नबनेको नीति निर्माणलाई अगाडि बढाउने पनि ...


