पूर्वी चितवनमा रिङरोड निर्माण कार्य सुरु,सुरेन्द्र पाण्डे निर्वाचित क्षेत्रका सबै पालिका समेटिने
चितवन । निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत पूर्विचितवनमा रिङरोडको निर्माण कार्य सुरु भएको छ । चितवन क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने यो सडकखण्ड निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको हो ।
चितवनको पूर्वीक्षेत्रमा पर्ने लोथर, कठार, खैरहनी रत्ननगर, पिठुवा, चैनपुर क्षेत्र छुने गरी निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गतको सडकलाई रिंगरोडको रुपमा काम सुरु भएको हो । सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी शिव खन...


