बुटवलमा महिलाको स्कुटर जलाउने चारजना पक्राउ ( नाम सहित)
बुटवल । बुटवलमा प्रदेश राजधानी माग गर्दै महिला कर्मचारीले चलाएको स्कुटर खोसेर जलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल ११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश सरकारले दाङको देउखुरीलाई राजधानी प्रस्ताव गरेपछि उनीहरुले गत असोज १६ गते बु...


