काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।