×

के आर अधिकारी
काठमाडौं । टोखा उद्योग वाणिज्य संघको आयोजनामा यहि असोज २४ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी , शुभदिपावली , नेपाल सम्वत, उधौली पर्व र लोसार पर्व लगायतमा रगतको अभाव नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचारको प्राबिधिक सहयोग र बसुन्धरा ब्याङकोइको मुख्य प्रयोजन रहेको थियो । सो अवसरमा टोखा नगरपालिका वडा नं. ११ का अध्यक्ष उत्तम अधिकारीले समाजिक कार्यमा टोखा उद्योग बाणिज्य संघको अग्रणी भूमिका रहेकाले यस्ता कार्यहरु १८ हजार व्यवसायीको हितमा हुनेगरी कार्यगर्न सुझाव दिनुभयो ।


असोज २४ गते बिहान ११ बजे बाट शुरु भएको बृहत रक्तदान कार्यक्रममा सहभागी रक्त दाताले विषम परिस्थिति मा पनि उल्लेख्य सहभागीता जनाएर सहयोग गरेको टोखा उद्योग वाणिज्य संघका प्रवक्ता एब कार्यक्रमका संयोजक रघुनाथ पनेरुले जानकारी दिनुभयो । कार्यक्रममा टोखा नगरपालिका प्रमुख एवम् गुल्मी छत्रकोट गाउँपालिकाका भगिनी संयोजक प्रकाश अधिकारीले ले सामाजिक उत्तरदायीत्व वहन गरेको भन्दै सवैलाई धन्यवाद दिनुभयो ।
नेपालीहरुका चाडपर्व र खानपिन लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको भए पनि कार्यसमिति रक्तदाता सबैको सहभागीतामा कार्यक्रम सफल भएको प्रती बिशेष धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सहयोग को अपेक्षा गरिएको अध्यक्ष निराजन अधिकारी ले बताउनुभयाे।

तपाईको प्रतिक्रिया