Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीमा नदि जन्य पदार्थ उत्खनन, चोरी तस्करी गर्दै गरेका ९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बिनयी त्रिबेणी गाँउपालिका वडा नं.१ र ४ मा रहेको बिनयी खोला बाट अबैध रुपमा नदि जन्य पदार्थ उत्खनन तथा चोरी तस्करी गर्दै गरेको अबस्थामा नौ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

डिएसपी मोहन बहादुर खाँडले ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटीएको प्रहरी टोलीले ती सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । लु ३ त ७०४५, लु ४ त २८८१, लु ३ त ४०८१, लु ३ त १७७२, ना ४ त ९०७०, लु ३ त६९५३, लु ३ त ४७७५, ना ७ त ११३१, लु२ त ९६०७ नम्बरका ट्रयाक्टर पक्राउ परेका हुन ।
पक्राउ परेका सवारीलाई कानुनी कार्बाहीको लागी बिनयी त्रिबेणी गाँउपालिका कार्यालयमा पठाइएको छ । पछिल्लो समय नवलपुरमा नदिजन्य पदार्थ उत्खनन गर्ने गिरोह सल्वलाएको छ ।

तपाईको प्रतिक्रिया