रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लोपटक थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।
उपचारका लागि लैजाने क्रममा बुटवल–११ का ८४ वर्षीय पुरुषको कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङ वा नेपालगञ्ज रिफर गरिएको थियो । अस्पताल नपुग्दै उनले मृत्युवरण गर्नु पर्यो ।
यस्तै उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलम...


