Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

नवलपुर । मकवानपुरको हेटौंडामा ट्याक्टरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री हेटौंडा–१७ बस्ने २९ वर्षीया शर्मीला बिक रहेकी छन् ।

अल्फाबेट स्पष्ट नभएको ९३९२६० ट्याक्टरले हेटौंडा उपमहानगरपालिका –१८, भोर्लेमा शुक्रबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार धरान(चतरा सडकखण्ड अन्तर्गत हटियाबाट ठूलदमार जाँदै गरेको ट्याक्टरले महिलालाई ठक्कर दिएको थियो । ट्याकटर चालक फरार रहेका र उनको खोजी कार्य भइरहेको रानाले बताए ।

उता स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया