×

काठमाडौं- नेपालमा आज एकै दिन २ हजार ५९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ।

संक्रमितको संख्या १ लाख नाघ्दा निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक़्रमितको मृत्यु हुदाँ १ हजार ६ सय ८० संक्रमण मुक्त भएका छन।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया