×

मध्य नेपाल

जौको सातु र सर्बत खाएर आज अक्षय तृतीया मनाइँदै

जौको सातु र सर्बत खाएर आज अक्षय तृतीया मनाइँदै
काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्बत खाएर मनाइँदै छ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारकोरुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍।डा। रामचन्द्र गौतमकाअनुसार यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका...

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । २४ गते र २६ गते ...

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् । यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।लगतै नेपाली ...

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस
 काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । प्रस्तावित संवैधानिक आयोगका प...

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्ट...

यात्रुसँग तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ

यात्रुसँग तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन्। कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो।उनीहरूलाई महा...

गैँडाकाेट र कावासाेती नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सञ्चालन

गैँडाकाेट र कावासाेती नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सञ्चालन
नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्व का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा...

देशका विभिन्न निजी हेलिकाेप्टरहरुकाे नाम र नम्बर आवश्यक परेमा (राख्नुहाेस )

देशका विभिन्न निजी हेलिकाेप्टरहरुकाे नाम र नम्बर आवश्यक परेमा (राख्नुहाेस )
Covid वा अन्य बिरामीलाई अस्पताल सम्म पुराउन हेलिकप्टरको जरुरत पर्न सक्छ  हेलिकप्टरको जरुरत परेमा..... हेलिकप्टरहरुका सम्पर्क नम्बरहरु श्री एयरलाइन्स :- 9802300023 सिम्रिक एयर : 014155341/9851010696 मनाङ एयर : 9801180463/9801180460 हेली एम्बुलेन्स : 9860939995 माउन्टेन एयर : 9851023806 कैलास एयर : 9851030013 प्रभु एयर : 9801120379 फिस्टेल एयर : 014112230 लङट्याङ एयर : 9801089842