×

मध्य नेपाल

भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल

भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल
चितवन – भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेललाई जिम्मेवारी तोकिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। रोशन न्यौपानेले पौडेललाई उक्त जिम्मेवारी तोक्नु भएको हो । पौडेललाई अस्पततालका प्रवक्तासँग समन्वय गर्नुका साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को अधिनमा रही सूचना सम्प्रेषण गर्न भनिएको छ । केही समय अघि पनि पौडेल अस्पतालको सूचना अधिकारी हुनुहुन्थ्यो ।

पहिरोले कालीगण्डकी करिडोर आयोजनाको बागलुङ-बेनी सडक अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर आयोजनाको बागलुङ-बेनी सडक अवरुद्ध
गण्डकी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । निरन्तरको पहिराले करिडोरको बागलुङखण्ड अन्तर्गत बागलुङ नगरपालिका-१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । यस्तै निरतरको वर्षात्का कारण बागलुङदेखि म्याग्दीको बेनी जोड्ने सडक अवरुद्ध भएको ...

मध्यविन्दु नगरपालिकालाई अखिल क्रान्तिकारीले भन्याे : विधार्थीलाई राहत खै ?

मध्यविन्दु नगरपालिकालाई अखिल क्रान्तिकारीले भन्याे : विधार्थीलाई राहत खै ?
प्रीय धन नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका शिक्षा शाखा मा १३ बुंदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले ज्ञापन पत्र पेश गरेको छ ।  संगठनका नवलपुर अध्यक्ष श्रीराम बस्यालद्वारा हस्ताक्षरित ज्ञापन पत्र आज मध्यविन्दु नगरपालिका शिक्षा शाखामा बुझाइएको हो । दैनिक ज्यालादारी मजदुरी र भाडामा बसेका विद्यार्थीका परिवारलाई राहत उपलब्ध गराइनुपर्ने विद्यार्थीलाई तत्काल कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने व्यवस्था गरिनुपर्ने , क्यारेक्...

बजेटमा आफ्ना माग समेट्न गण्डकी प्रदेश सरकारलाई पत्रकार महासंघको ध्यानाकर्षण

बजेटमा आफ्ना माग समेट्न गण्डकी प्रदेश सरकारलाई पत्रकार महासंघको ध्यानाकर्षण
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ्गलाई भेट गरि कोरोना संक्रमित पत्रकारहरुको निशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री गुरुङ्ग संग अब प्रस्तुत हुने बजेट मार्फत् ति कुराहरु संबोधन गर्न आग्रह गरेको हो । महासंघले पत्रकार कल्याणकारि कोषमा सहयोग , महासंघका जिल्ला शाखाहरुको भवन निर्माणका लाग...

सिडिओ कार्यालय नवलपुरकाे चेतावनी : आफुखुसी राहत बाडेकाे भेटिए कडा कारबाही !

सिडिओ कार्यालय नवलपुरकाे चेतावनी : आफुखुसी राहत बाडेकाे भेटिए कडा कारबाही !
सचिन भट्टराई कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्ला कोभिड व्यवस्थापन समिति तथा स्थानीय तहको स्वीकृति र समन्वय बिना स्वास्थ्य सामाग्री वितरण लगायतका नगर्न आग्रह गरेकाे छ । बिभिन्न बहानामा रकम उठाई हिनामिना गरेको भन्ने गुनासो आएको भन्दै प्रशासन कार्यालयले  आज एक सूचना जारी गर्दै    समन्वय विना कुनै पनि किसिमका कार्य नगर्न भनेकाे हो । संकटको मौका छोप्दै केही व्यक्ति, समुह र संस्थाहरुले राहत वाड्ने भन्दै विभिन्न स्थानमा पुगेको सुचना कार्यालयमा प्राप्त भएको भन्दै क...

सुनकोशीको बाढीले बगायो पुल

सुनकोशीको बाढीले बगायो पुल
काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको छ।ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो। निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ। यो पुल करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा।लि सानेपाले निर्माण गर्दै थियो।

बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्राप्त

बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्राप्त
  चितवन । जर्मनीको एक गैरसरकारी संस्था 'ब्याक टु लाइफ' (Back to Life) ले बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदेश मुख्य मन्त्री माननीय डोरमणि पौडेल र सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण भएको हो । संस्थाले प्रदान गरेका सामग्रीहरुमा Mobile X-RAY (२ थान), Oxygen Concentrators (१८ थान), Infusion Pumps (5 थान), Face Shields (2,700 थान), PPE Gowns (1100 थान), Patients Monitors ...

कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु
 काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान
रासस चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेना...