दमौलीः बन्दीपुर ३ तामुङमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुर्दा दुई मृत भेटिएका हुन् ।मृत्यु हुनेमा करिब ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् ।

राती खसेको पहिरोमा बेपत्ता उनीहरुको शव भेटिएको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।पहिरोका कारण घर पुरिए पछि स्थानीय बिस्थापित छन् । उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिए ।

राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध
पृथ्वी राजमार्गको छिर्कनेमा धेरै ठाउँमा एकै साथ पहिरो खसे पछि आवतजावत बन्द छ । खुलाउने प्रयास भैरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया