चितवनकाे पूर्वी क्षेत्रमा भाेली साँझसम्म कर्फ्यू थप ( आदेश सहित )
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गसहित आपपासको क्षेत्रमा जारी गरेको कर्फ्यू आदेशलाई थप गरेको छ । प्रशासन कार्यालयले आज बुधवार कर्फ्यू आदेश जारी गर्दै असार २४ गते साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेशलाई निरन्तरता दिएको हो । सो क्षेत्र आसपासका स्थानीयलाई बिहीबार विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक उपभोग्य सामान खरिद विक्री गर्न सक्ने आदेशमा उल्लेख छ । तर, यसरी उपस्थित हुँदा तीन जनाभन्दा बढि उपस्थित हुन पाइने छैन ।
पूर्वपश्चिम राजमार्गको राप्ती...


