चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गसहित आपपासको क्षेत्रमा जारी गरेको कर्फ्यू आदेशलाई थप गरेको छ । प्रशासन कार्यालयले आज बुधवार कर्फ्यू आदेश जारी गर्दै असार २४ गते साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेशलाई निरन्तरता दिएको हो । सो क्षेत्र आसपासका स्थानीयलाई बिहीबार विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक उपभोग्य सामान खरिद विक्री गर्न सक्ने आदेशमा उल्लेख छ । तर, यसरी उपस्थित हुँदा तीन जनाभन्दा बढि उपस्थित हुन पाइने छैन ।

पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं। १ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं। ४ डढुवासम्मको राजमार्गको दाया बायाँ पाँच सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । राप्ती नगरपालिका ३ की सुजिता भण्डारीको शव स्थानीय बम्ह्रस्थानी सामुदायिक बनमा भेटिएपछि सो क्षेत्रमा राजमार्ग बन्दसहित प्रर्दशन हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया