काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । १४३२ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया