मोरङ । मोरङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् ।बोदेबरसाई नगरपालिका सप्तरीका २८ वर्षीय डाक्टर राजेश साहलाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरेमा डेरा गरी बस्दै आएका साहले पथरी शनिश्चरे बस्दै आएकी १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ पथरी शनिश्चरेको एक चस्मा पसलमा कार्यरत आँखाका डाक्टर साहलाई मंगलबार पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया