गैँडाकोट । नवलपुरको कावासोतीमा बाढीले पुर्याएको क्षतिका कारण हिजो बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेको छैन ।
डिभिजन वन कार्यालय कावासोती अगाडिको कलभर्ट बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । हाल सो स्थानमा ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । आजैबाट राजमार्ग सुचारु गराउने गरी काम भइरहेको उनले बताए ।बाटो अवरुद्ध भएपछि सयौं गाडीहरु बीच बाटोमै रोकिएका छन् ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

 

तपाईको प्रतिक्रिया