
प्रीय धन
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका शिक्षा शाखा मा १३ बुंदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले ज्ञापन पत्र पेश गरेको छ । संगठनका नवलपुर अध्यक्ष श्रीराम बस्यालद्वारा हस्ताक्षरित ज्ञापन पत्र आज मध्यविन्दु नगरपालिका शिक्षा शाखामा बुझाइएको हो ।
दैनिक ज्यालादारी मजदुरी र भाडामा बसेका विद्यार्थीका परिवारलाई राहत उपलब्ध गराइनुपर्ने विद्यार्थीलाई तत्काल कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने व्यवस्था गरिनुपर्ने , क्यारेक्टर सर्टिफिकेट र ट्रान्सकिप्टमा लिइने शुल्क खारेज गर्नुपर्ने , अनलाइन क्लासको बहानामा लिइएको शुल्क फिर्ता गराइनु पर्ने , सार्वजनिक यातायातमा विद्यार्थीलाइ ४५ प्रतिशत भाडा छूट हुने नियम कार्यान्वयन गराउनुपर्ने लगायतका १३ बुँदा समावेश गरि आज ज्ञापन पत्र बुझाइएको छ ।
नगर शिक्षा शाखाको तर्फबाट ज्ञापन पत्र बुझ्नुहुँदै मध्यविन्दु नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले उचित मागको सम्बोधनका लागि आफुले प्रयास गर्ने बताउनु भएको छ ।