Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

 

चितवन । जर्मनीको एक गैरसरकारी संस्था ‘ब्याक टु लाइफ’ (Back to Life) ले बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
प्रदेश मुख्य मन्त्री माननीय डोरमणि पौडेल र सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण भएको हो ।
संस्थाले प्रदान गरेका सामग्रीहरुमा Mobile X-RAY (२ थान), Oxygen Concentrators (१८ थान), Infusion Pumps (5 थान), Face Shields (2,700 थान), PPE Gowns (1100 थान), Patients Monitors (30 थान), Electro-Cardiograms (१० थान), Sergical Masks (1,00,000 थान), KN95 Masks (6,000 थान), Syringe Pumps (५ थान) रहेको छ ।
सामग्री ग्रहण गर्दै मुख्य मन्त्री पौडेल र मन्त्री बस्नेतले संस्था र जर्मनी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस संस्थाले सन् २००९ देखि नेपालमा स्वास्थ्य, शिक्षा र सामुदायिक क्षेत्रमा काम गर्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया