सचिन भट्टराई
कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्ला कोभिड व्यवस्थापन समिति तथा स्थानीय तहको स्वीकृति र समन्वय बिना स्वास्थ्य सामाग्री वितरण लगायतका नगर्न आग्रह गरेकाे छ ।
बिभिन्न बहानामा रकम उठाई हिनामिना गरेको भन्ने गुनासो आएको भन्दै प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै समन्वय विना कुनै पनि किसिमका कार्य नगर्न भनेकाे हो । संकटको मौका छोप्दै केही व्यक्ति, समुह र संस्थाहरुले राहत वाड्ने भन्दै विभिन्न स्थानमा पुगेको सुचना कार्यालयमा प्राप्त भएको भन्दै कार्यालयले राहतको नाममा गलत काम गर्नेहरुलाई त्यसो नगर्न चेतावनी समेत दिएकाे छ ।
समन्वय बिना त्यस्ता कार्यहरु गरिए “कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८” बमोजिम कारवाही हुने प्रशासन कार्यालयकाे चेतावनी छ ।