Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ्गलाई भेट गरि कोरोना संक्रमित पत्रकारहरुको निशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री गुरुङ्ग संग अब प्रस्तुत हुने बजेट मार्फत् ति कुराहरु संबोधन गर्न आग्रह गरेको हो । महासंघले पत्रकार कल्याणकारि कोषमा सहयोग , महासंघका जिल्ला शाखाहरुको भवन निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

शर्माले कोभिडका कारण धराशयी भएका संचार गृहहरुलाइ व्याज अनुदान हुने गरि ऋण दिन समेत आग्रह गरेको बताउनुभयो । आफुहरु संगको भेटका क्रममा अर्थमन्त्री गुरुङ्ग र आन्तरिक मन्त्रालयका सचिवले महासंघले उठाएका मागहरुलाई बजेटमा समेट्ने आश्वासन दिएको महासचिव गोविन्द सुवेदीले बताउनुभयो । सो प्रतिनिधि मण्डलमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया