Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको छ।ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो।

निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ।

यो पुल करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा।लि सानेपाले निर्माण गर्दै थियो।

तपाईको प्रतिक्रिया