बौँदीकाली गाउँपालिकामा ९० प्रतिशत योजना पूरा
नवलपुर । नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिका कार्यालयले चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने योजनाहरु मध्ये झण्डै ९० प्रतिशत योजनाहरु पूरा भएको जानकारी दिएको छ ।
गाउँपालिका कार्यालयले चालु आर्थिक वर्षमा सम्झौता भएका १ सय १० वटा योजना मध्ये ९० प्रतिशत योजना सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयाे।
उहाँका अनुसार चालु आर्थिक वर्षका योजना मध्य ६ वटा योजनाको काम बाहेक अन्य सबै योजना सम्पन्न गरि भुक्तानी समेत अवको केहि दिनभित...


