गैँडाकोट ।कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै भएपछि पूर्वि नवलपरासीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले भोलि रातिदेखि लागुहुने गरी निषेधाज्ञा गरेको हो
कोरोना संक्रमितको दर जिल्लामा तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लाभर नै लकडाउनको निर्णय भएको भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले उज्यालो खबरलाई बताईन ।
आज दिउसो बसेको बैठकले भोलिराति देखि लागुहुनेगरी जेठ ४ गतेसम्म लकडाउन गर्ने निर्णय गर्ने उनले बताईन । जिल्लावासीलाई कोरोना बाट सुरक्षित राख्नको लागि निषेधाज्ञाको विकल्प देखिएन उनले भनिन् ।
अत्यावश्यक सेवा बाहेक अन्य कुराहरु संचालनमा पूर्णरुपमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिमेकी जिल्ला चितवन अति प्रभावित जिल्लाको रुपमा रहेको र नवलपुरमा संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा गर्ने निश्कर्षमा पुुगेको हो ।