Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिका कार्यालयले चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने योजनाहरु मध्ये झण्डै ९० प्रतिशत योजनाहरु पूरा भएको जानकारी दिएको छ ।
गाउँपालिका कार्यालयले चालु आर्थिक वर्षमा सम्झौता भएका १ सय १० वटा योजना मध्ये ९० प्रतिशत योजना सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयाे।
उहाँका अनुसार चालु आर्थिक वर्षका योजना मध्य ६ वटा योजनाको काम बाहेक अन्य सबै योजना सम्पन्न गरि भुक्तानी समेत अवको केहि दिनभित्र हुनेछ ।
जिल्लाका अन्य स्थानीय तहमा भन्दा प्रभावकारी ढंगले योजना सम्पन्न भएको बौँदीकाली गाउँपालिकाले वडा वडामा गएर योजना सम्झौताका लागि सहजिकरण गरेकाले समयमै काम सम्पन्न भएको हो ।
पालिकाभित्र रहेका गाउँपालिका भित्रका ६ वटै वडामा पुगी योजना सम्झौता, समिति गठन र अभिमुखिकरणका काम समयमै गरेकाले अहिले चाडै योजनाहरु सम्पन्न भएका हुन् ।

तपाईको प्रतिक्रिया