Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।

उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

२४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा। गौतमले बताए । ‘अस्पतालमा शब व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ’–डा। गौतमले भने–‘संक्रमित र मृत्यु दर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो ।’

 

तपाईको प्रतिक्रिया