×

 काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

को हुन् रेग्मी ?

कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।

यद्यपि रेग्मीसँग लोक सेवा आयोगको पूर्वसचिव बनेको अनुभव पनि छ । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए ।

रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए ।

तपाईको प्रतिक्रिया