बजेटको पूर्वसन्ध्यामा गैँडाकोट नगरपालिकाद्धारा व्यवसायीसँग छलफल
गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रम सुरु गरेको छ । यसैक्रममा शुक्रबार व्यवसायीहरुको क्षेत्रमा पालिकाले आगामी दिनमा कस्ता कार्यक्रम सञ्चालन गर्ने र त्यसमा व्यवसायीको सहयोग कस्तो रहने लगायतको बिषयमा छलफल भएको छ ।
छलफल कार्यक्रममा सहभागि व्यवसायीहरुले आर्थिक मन्दिका कारण व्यवसायीमा चुनौती खडा भएको, करको थर बढी हुँदा समस्या उत्पन्न भएको, आर्थिक मन्दिको समस्याबाट ठूलो क्षति व्यवसाय...


