×

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन अन्र्तगत बिहिवार विहान साढे ८ वजेदेखि सुरु भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । दिउसो साढे १ वजेसम्म चलेको मतदानमा ३१८ जना प्रतिनिधीहरुले मतदान गरेको निर्वाचन समितिका संयोजक रमेश काफ्लेले जानकारी दिनुभयो । निर्वाचन समितिका भर्खरैदेखि मतगणना सुरु भएको छ ।

नयाँ नेतृत्वका लागि हालका नगर उपसचिव श्रीराम सुवेदी र युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल चुनावी मैदानमा छन् ।राष्ट्रिय युवासंघ नवलपुरको अध्यक्षको रुपमा काम गरिसकेका युवा नेता कृष्ण कंडेल र पार्टीका हालका उपसचिव श्रीराम सुवेदी दुवै जनाले आफु बाहेक पदाधिकारी तहमा एकएक जना उमेदबार तयार पारेका छन् ।

त्यसैगरी उपाध्यक्षमा गोविन्द प्रसाद सुवेदी र सरस्वती उपाध्याय सचिवमा भूमिश्वर भूसाल भूसाल (राजु) र कमल बहादुर पाठक विच प्रतिष्पर्धा छ । उपसचिव पदमा गोमा पौडेल सविता सापकोटा र नरबहादुर थापाको उम्मेदवारी परेको छ ।

 

तपाईको प्रतिक्रिया