गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रुखबाट लडेर एक पुरुष घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ३ ढोडेनी घर भएका वर्ष ३९ का कृष्ण प्रसाद पौडेल रुखबाट लडेर घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
स्थानीय देउराली सामुदायिक वन स्थित माकुम डाँडामा रहेको जाल्माको रुखबाट घाँस झार्ने क्रममा ३० मिटर तल खसेर घाइते भएको प्रहरीको भनाई छ ।घाइते पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




