×

गैँडाकोट –  चट्याङ लागेर कावासोतीमा खेत रोप्दै गरेकी महिला गम्भीर घाईते भएकी छन्।आज दिउसो  १२:३० बजेको समयमा कावासोती १४ अग्यौली स्थित बुद्धिराम महतको खेतमा खेत रोप्ने क्रममा दिल कुमारी थरुनीलाई चट्याङ्ग लागेको थियो।

खेत रोप्दै गरेकी वर्ष ४६ की दिल कुमारी थरुनीलाई अचानक परेको चट्याङले लाग्न गई घाईते भै अनुहार सुन्निएको अवस्थामा प्रहरीको सहयोगमा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।

उनी अहिले अचेत अवस्थामा रहेको र उपचार जारि रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया