×

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन अन्र्तगत बिहिवार विहान नेतृत्व चयनका लागि मतदान हुँदैछ । नयाँ नेतृत्वका लागि हालका नगर उपसचिव श्रीराम सुवेदी र युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल चुनावी मैदानमा छन् ।

कंडेल र सुवेदी विचको प्रतिष्पर्धा राम्रैसँग हुने एमोलजनहरु बताउछन् । नेकपा एमालेका प्रतिनिधीहरु यतिवेला दोधारमा देखिएका छन् । राष्ट्रिय युवासंघ नवलपुरको अध्यक्षको रुपमा काम गरिसकेका युवा नेता कृष्ण कंडेल र पार्टीका हालका उपसचिव श्रीराम सुवेदी दुवै जनाले आफु बाहेक पदाधिकारी तहमा एकएक जना उमेदबार तयार पारेका छन् ।

कृष्ण कंडेलको समूहबाट उपाध्यक्षमा गोविन्द सुवेदी सचिवमा भूमिश्वर शर्मा भूसाल र उपसचिवमा नर बहादुर थापा मैदानमा देखिएका छन् । यता सूवदीको समूहबाट उपाध्यक्षमा सरस्वती खनाल सचिवमा कमल बहादुर पाठक र उपसचिवमा सविता सापकोटा मैदानमा छन् ।

स्थानीय तहको पहिलो निर्वाचनमा गैँडाकोट नगरपालिकामा एमाले उमेदबारलाई जिताएको, पार्टी विभाजनको संघारमा पार्टीलाई एक ढिक्का बनाएर अघि लैजान भूमिका खेलेको तथा युवाहरुलाई संगठित बनाउन महत्वपूर्ण कामहरु गरेको भन्दै आफुलाई सबै मतदातको मन र मत मिल्ने अपेक्षा कृष्ण कंडेलले गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी श्रीराम सुवदीले आफु निरन्तर नगरकमिटिमा रहेर काम गरेकोले आफुलाई मतदाताको साथ रहने विश्वास लिएका छन् ।

अध्यक्ष पदका उमेदवार कृष्ण कंडेललाई पार्टी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णप्रसाद पौडेल, गैँडाकोट नगरपालिकाका निर्वतमान मेयर छत्रराज पौडेल लगायतको साथ छ भने सुवेदीलाई एमालेका निर्वतमान नगर अध्यक्ष षडानन्द लामिछाने, नेता दिपक अधिकारी लगायतको साथ रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया