होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ ।
उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ ।
कास्कीको रुपा गाउँपालिका–६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्...


