×

गैँडाकोट । लायन्स क्लव अफ मौलाकाली लिलिको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित गणेश मन्दिर परिसरमा बृक्षारोपण तथा सरसफाइ गरिएको हो ।

सो अवसरमा धुपी र रक्तचन्दनका विरुवाहरु लगाइनुका साथै पवित्र मन्दिर क्षेत्रको सरसफाइ गरिएको लायन्सक्लव अफ मौलाकाली लिलिले जनाएको छ ।

क्लवका अध्यक्ष मनु ढुंगानाको अध्यक्षता तथा डिस्ट्रिक एक्जुकेटिभ चिफ कृष्ण पाण्डे, क्लव एक्सटेन्सन चियर पर्सन सिआर कंडेल तथा क्लस्टर चिफ देशबन्धु सिग्देलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा रिजन १८ का चेयर पर्सन किरण केसी र जोन ३७ का जोन चेयर पर्सन कृष्ण रिजाल अतिथी रहनुभएको थियो ।

कार्यक्रममा लायन्सकर्मीहरु भूमा पुन, सरस्वती अधिकारी,शान्ति शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन र सहजीकरण कविता शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया