×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा अवैध रासायनिक मल बरामद भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले चामलको बिल बनाएर रासायनिक मल लोड गरिएको एक ट्रकलाई आज विहान नियन्त्रणा लिएको हो ।

पश्चिमबाट आउदै गरेको बा ३ ख ४२५१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा अवैध रासायनिक मल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मकबानपुरको हेटौडा स्थित लक्ष्मी किराना पसलमा लैजादै गरिएको एकट्रक रासायनिक मल सिद्धार्थ राईस मिल तिलोत्तमाबाट ल्याएको देखिएको छ ।

तपाईको प्रतिक्रिया