नवलपरासी पूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
मध्यविन्दु । नवलपरासी पूर्वका किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।जिल्लामा यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए ।विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।
‘चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्’, उनले भने, ‘यस वर्ष छ हजार सात सय ५५ मेट्र...


