धौवादी कम्पनीले तीन वर्षपछि उत्पादन गर्न सक्ने, अनुमानित लागत ५१ अर्ब
नवलपुर । धौवादी फलाम कम्पनीबाट दैनिक १५ सय टन बिलेट उत्पादन हुने देखिएको छ।धौ वादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवदेनले २०८४ सालदेखि उत्पादन नै सुरू गर्न सकिने उल्लेख गरेको छ।
यो अध्ययनका लागि एम एन्ड दस्तुर, एस आर के र जेड कम्पनी छनोट भएका थिए। यीमध्ये दुइटा भारतीय कम्पनी हुन् भने जेड नेपाली कम्पनी हो।करिब आठ महिना संयुक्त रूपमा काम गरेका यी तीन कम्पनीले एक महिनाअघि धौवादी फलाम कम्पनीलाई अध्ययन प्रतिवदेन बुझाएका हुन्।
धौवादी फलाम खानीमा आधारित आइ...


