×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं। ७ गैरी स्थित नारायणी नदीमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सो शवको परिचय  खुल्न  सकेको छैन । नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।

त्रिशुली बस दुर्घटनामा परि बेपत्ताभएकाहरु मध्येकै शव भएको लगभग पक्कापक्की जस्तै छ । यस अघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका यात्रुहरुको ३ जनाको शव फेला परेको थियो ।

 

तपाईको प्रतिक्रिया