
गैँडाकोट । नवलपरासी पूर्वको देवचुलीमा भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा ९ सयजना भन्दा बढी लाभान्वित भएका छन् । नेपाल उद्योगबाणिज्य संघ महासंघ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा ९३० स्थानीयहरुले सेवा लिएको उद्योगबाणिज्य संघ महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।
निशुल्क स्वास्थ्य शिविरमा २१० जनाले फिजिसियन सेवा, १५२ जनाले हाडजोर्नी तथा नशारोग सम्वन्धी सेवा, ६० जनाले दन्तसेवा, ७५ जनाले छाला तथा यौनरोग सम्वन्धी सेवा, ८९ जनाले इएनटी सेवा, ११९ जनाले स्त्री तथा प्रशुती रोग सम्वन्धी सेवा, ५५ जनाले बाल विशेषज्ञ सेवा र ४८ जनाले पेट तथा आन्द्राको रोग सम्वन्धी सेवा लिइएको कलेज अफ मेडिकल साइन्सेस भरतपुरका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।
उद्योगबाणिज्य संघ महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता तथा नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा भएको शिविरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केदार पराजुली, कलेज अफ मेडिकल साइन्सेस भरतपुरका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपाने, देवचुली वडा नं. १ का अध्यक्ष कृष्ण बहादुर केसी, विद्यनलय व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकी लगायतले बोल्नु भएको थियो ।
शिविरमा डा मिरा कक्षपती, डा. नेहा कुमारी, डा. कञ्चन गोएङ्का, डा. सफल राजभण्डारी, डा. विजय भुसाल, डा सुलभ पोख्रेल, डा.उज्जवल गिरि, डा।. उत्तम खत्री, डा. पंकज शाहा, डा.राहुल पाण्डे, डा. सरिता जैसवार, डा। अनु जैसवाल, डा. नविता भट्टराई, डा.शिल्पा महर्जन, डा.सन्तोष अधिकारी, डा.सिम्रन शाहा, डा.नैना श्रेष्ठ, डा.एलिना वि.क, डा.नकुल तामाङ्, डा. अन्जिला श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य चेकजाँच गरेका थिए ।