
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईङ्लिस स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षामा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विहिवार प्रकाशित भएको नजिता अनुसार गैँडाकोट ईङ्लिस स्कुलका ९४.१ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् ।
एसईई परिक्षा दिएका ३४ जना विद्यार्थीहरुमध्ये ६ जनाले ३.६देखि ४ जीपीए, १३ जनाले ३.२ देखि ३.६ जीपीए, ११ जनाले २.८ देखि ३ं.२ जीपीए र २ जनाले २.४देखि २.४ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । विद्यार्थी, शिक्षक र अभिभावकहरु सबैको त्रिकोणात्मक समन्वयका कारण स्कुलका विद्यार्थीहरुले राम्रो नतिजा ल्याएको भन्दै प्रार्चाय अर्यालले आफुहरुलाई थप उत्साहित बनाएको बताउनुभयो ।
एसईई परिक्षामा सहभागि भएका नगरका २३ वटा संस्थागत र सामुदायिक विद्यालयहरुलाई पछि पार्दै गैँडाकोट ईङ्लिस स्कुलले आफुलाई पहिलो स्थानमा सुरक्षित गरेको हो । यसअघि चैत्र महिनामा भएको आधारभूत तहको परिक्षामा समेत गैँडाकोट ईङ्लिस स्कुल प्रथम भएको थियो ।
गैँडाकोट नगरपालिकाले गतवर्ष गरेको बर्गीकरणमा गैँडाकोट ईङ्लिस स्कुलले नगरकै एकमात्र “क” वर्गको विद्यालयको रुपमा मान्यता प्राप्त गरेको थियो । सु्विधासम्पन्न आधुनिक भवन, तालिम प्राप्त शिक्षक तथा प्रयोगात्मक शिक्षण विधी मार्फत पठनपाठन सञ्चालन हुने गैँडाकोट ईङ्लिस स्कुल विद्यार्थी र अभिभावकहरुको रोजाईमा पर्दै आएको छ । प्ले ग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुने गैँडाकोट ईङ्लिस स्कुलमा १४सय विद्यार्थी तथा १३१ जना शिक्षक कर्मचारी कार्यरत छन् ।