
गैँडाकोट । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वी नवलपरासीको गैँडाकोटमा शुक्रबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा एमालेका नेता स्वर्गीय मदन भण्डारीको ७३ औँ जन्मजयन्तीका सन्दर्भमा अनेरास्ववियु गैँडाकोटले नगरको मौलाकाली सामुदायिक वन क्षेत्रमा बृक्षारोपण गरेको हो ।
सामुदायिक बन अन्र्तगत पर्ने गणेश मन्दिर परिसरमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको संगठनका नगर अध्यक्ष नविन ढकालले जानकारी दिए । बृक्षारोपण कार्यक्रममा नेकपा एमाले, राष्टिय युवासंघ र अखिलका विभिन्न कमिटिमा रहेका नेताहरुको सहभागिता रहेको थियो ।