
गैँडाकोट – चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएका मध्ये २ जना पुरुषको शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी स्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक हस्तबहादुर सुनारले अन्दाजी २५/३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको जानकारी दिनुभयो । नदीमा माछा मार्नेक्रममा बोटेहरुले शव देखेपछि प्रहरीलाई दिउसो ३ वजे खबर गरेका थिए ।
एकजनाको छातीमा र अर्का युवकको अनुहारमा चोट लागेको, शव पहिचान गर्न सक्ने अवस्थामै रहेकोले गर्दा समेत सिमलताल बस दुर्घटनाकै यात्रुहरु भएको प्रहरीले जनाएको छ । यो खबर तयार पर्दासम्म दुवैजनाको परिचय खुलेको छैन । शवलाइ पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ । आज बिहानमात्रै भरतपुर महानगरपालिका २८ गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शब भेटिएको छ ।