
गैँडाकोट । नारायणी नदीले बगाएर गैँडाकोटका एक बालक बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ गैरी बस्ने नेत्र बहादुर नेपालीका छोरा ८ वर्षका युनिस नेपाली नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हिजो साँझ ६ वजे गैँडाकोट ६ मा रहेको सिताराम मन्दिर नजिकै नारायणी नदी किनारमा पार्कीङ गरि राखेको काठको डुङ्गामा खेल्ने क्रममा चिप्लिन गई बालक नदीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
युनिस भाग्योदय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन् । बेपत्ता बालकको खोजीकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।