मध्यविन्दु जिल्ला अस्पताल अस्पतालका अत्यावश्यक बाहेकका सेवा बन्द
नवलपुर,भदौं ६-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार गराइरहेका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
अस्पतालमा यही भदौ २ गते उपचारका लागि आएका कावासोती नपा–१६ का ४० वर्षीय पुरुषमा भदौ ५ गते कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिलराज गौतमका अनुसार ती पुरुषको भदौ ३ गते ‘न्याजोफ्यारिन्जियल’ स्वाब स...
