काठमाडौं ।पूर्वि नवलपरासी क्षेत्र नम्बर १ का सासंद समेत रहनुभएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालमा भर्ना हुनुभएकाे छ । केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।
कोइरालाकाे उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । डा शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयाे ।