
गैँडाकोट । गैँडाकोट नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
पोखरामा गरिएको परिक्षणका क्रममा गैँडाकोट नगरपालिका भित्रका ११ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुुख केशव चापागाँईले बताउनुु भयो ।
गत सोमबार लिइएका ७५ वटा नमुना मध्ये थप ११ जनामा संक्रमण देखिएको हो । कुन कुन वडाका कति हुन भन्नेवारेमा यकिन विवरण आइसकेको छैन ।