३९ घण्टा पछि देवचुलीका संक्रमितको शव ब्यवस्थापन
गैँडाकाेट । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षिय पुरुषको ३९ घण्टा पछि सेनाले शव ब्यवस्थापन गरेको छ । कोरोनाको उपचारका क्रममा असोज २ गते राति १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएका पुरुषको उपचार खर्च पुरा नबुझाएको भन्दै शव ब्यवस्थापनमा ढिलाई भएको हो ।
अस्पतालमा एक लाख ६६ हजार तिर्न बाँकी रहदा अस्पताल प्रशासनले शव ब्यवस्थापनमा ढिलाई गरिदिएको मृतकका भाइ सोम सुनारले बताए । ‘कोरोनाका बिरामीलाई निःशुल्क उपचार हुन्छ भन्ने सुनेको हो, तर यहाँ त लाखौँ रूपैयाँको बिल ति...


