Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । आर्थिक अभावमा उपचार पुरा गर्न नसकेकी गैंडाकोट ५ की अमृता कुमालको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा जुटेको रकम शनिबार गैंडाकोट ५ का वडाअध्यक्ष समेत रहनुभएका वरिष्ठ समाजसेवी नवराज कंडेलले हस्तान्तरण गर्नुभएको छ ।

नवलपुर समाज जापानबाट ढुण्डीराज आचाय मार्फत आएको ३२ हजार उहाँले कुमाल परिवारलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा लायन्स कृष्ण पाण्डे, समाजसेवी अग्निधर आचार्य (कृष्ण) लगायतको उपस्थिति रहेको थियो ।

बालिकाको उपचारका लागि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले १० हजार, कालिका बजार समितिले १२ हजार ३ सय ५५, कालिका बजार महिला समूहले १५ हजार ५ सय, र विपतमा हामि अभियानले १० हजार रुपैँया सहयोग गरेका छन ।अमृताको उपचारका लागि १ लाख २७ हजार ५ सय ५५ लागेको उनका बुवा श्याम कुमालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया