×

गैंडाकोट । विजयनगर पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गैँडाकोटले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र संस्थाको लोगो सहितको झण्डा झण्डोत्तोलन गरेको छ।
गैँडाकोट नगरपालिका मेयर छत्रराज पौडेलले राष्टिय झण्डा र संस्थाको लोगो सहितको झण्डा वडा अध्यक्षहरु क्रमश लक्ष्मीप्रसाद सापकोटा, चोलानाथ उपाध्याय र प्रेमप्रसाद सापकोटाले झण्डोत्तोलन गर्नुभएको हो ।

 


संस्थाका अध्यक्ष शुभाष चापागाँईंको अध्यक्षता एवम् गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम कार्यसमिति, लेखासमिति, वडा नं ६,७ र ९ का वडा अध्यक्षहरु, सामाजिक व्यक्तित्व, उपभोक्ता सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको संस्थाका सचिव जयराम कंडेलले जानकारी दिनुुभयो ।


नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका अन्तर्गत वार्ड नं ६,७,८ र ९ कार्यक्षेत्र रहेको विजयनगर पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका १५०० भन्दा बढी उपभोक्ताहरु रहेका छन ।

 

तपाईको प्रतिक्रिया