नवलपुर । पूर्वि नवलपरासीमा कोरोना भाइरसको जोखिम दिनानुदिन बढ्दै गएको छ । समुदाय स्तरमा कोरोना संक्रमणको दर बढ्दै गएपछि थप चिन्ता समेत बढेको छ ।
जिल्लामा पछिल्लो १२ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देवचुली नगरपालिकामा मात्रै ३३ जना संक्रमित थपिएका छन् । यसैगरी हुप्सेकोटमा मा ९ र बुलिङटार गाउँपालिमा २ जना गरी कुल ४४ जना कोरना संक्रमित भएका हुन् ।
देवचुली नगरपालिका वडा न.११ का ९ महिला र ५ पुरुष, वडा नं. १४ का ६ महिला र ४ पुरुष, वडा नं. ७ का १ महिला र ४ पुरुष, वडा नं. २ का २ महिला तथा वडा नं. ४ र १७ का एक–एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिका का स्वास्थ प्रमुख रामकुमार श्रेष्ठले बताउनु भयो ।
संक्रमण पुष्टि हुनेमा २१ महिनादेखि ८० बर्ष उमेर समूहका छन् । १८ महिला र १५ पुरुषमा पोजेटिभ देखिएको छ ।यसैगरी, हुप्सेकोट गाउँ पालिकामा ९ जना र बुलिङटारका २ जना गरी ११ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।